Home  
Janahit Voice

मिटरब्याज समस्या सम्बन्धी अध्यादेश जारी:राष्ट्रपति पौडेल

२० बैशाख २०८०, बुधबार

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति निर्वाचित भएपछि पहिलो अध्यादेश जारी गरेका छन् । राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् । बुधबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषदको सिफारिसमा उक्त अध्यादेश जारी गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका पौडेलले पहिलो अध्यादेशका रूपमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ जारी गरेका हुन् ।  मंगलबार मन्त्रिपरिषद्को बैठकले मिटरब्याजीपीडितको समस्या समाधान गर्न कानूनी रूप दिन अध्यादेश पठाउने निर्णय गरेको थियो। सोसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएको हो।

सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्नका लागि आयोगसमेत बनाएको थियो।
सरकारले मिटरब्याजलाई अनुचित लेनदेनको रुपमा परिभाषित गरी कानुनी रुपमा दण्डनीय बनाउन उक्त अध्यादेश ल्याएको हो । अध्यादेशमार्फत मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि संहिता संशोधन गर्न लागेको छ ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *