Home  
Janahit Voice

रास्वपालाई सरकारमा ल्याउँदा राम्राे हुन्छ : पूर्वप्रधानमन्त्री नेपाल

२१ बैशाख २०८०, बिहीबार

एकीकृत समाजवादीका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका छन्।

आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीलाई रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने सुझाव दिएको बताएका छन।पहिले पनि सरकारमा ल्याउनेबारे सहमति भइसकेको थियो। मन्त्रालय कसलाई कति दिने भन्नेबारे पनि उपचुनावअघि नै टुंगो भइसकेको बताएका छन।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रास्वपालाई सरकारमा ल्याउँदा के हुन्छ भनेर आफूसँग राय लिएको र रास्वपालाई ल्याउँदा राम्रो हुने आफूले बताएको अध्यक्ष नेपालको भनाइ छ।

उनले सो कार्यक्रममा विश्वमा देखिएको आर्थिक मन्दीको प्रभाव नेपालमा पनि देखिएकाले देशको अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताए। सरकारले अनावश्यक खर्च कटौती गरी जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा काम गर्नुपर्ने बताए।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *