Home  
२१ बैशाख २०८०, बिहीबार
नवनियुक्त तीन मन्त्रीले लिए शपथ
नवनियुक्त तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, मोहन बहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीको शपथ खुवाएका छन् ।
राष्ट्रपतिले संविधानको धारा ८० बमोजिम उनीहरुको शपथ गराएका हुन्
मन्त्रीहरूले आजै मन्त्रालय गएर पदभार ग्रहण गर्ने कार्यक्रम छ।