Home  
Janahit Voice

बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष रुपमा बुद्धजयन्ती मनाइँदै

२२ बैशाख २०८०, शुक्रबार

लुम्बिनी–गौतमबुद्धको जन्म, बुद्धत्व लाभ र महापरिनिर्वाण गरेको दिनको रूपमा शुक्रबार बुद्ध पूर्णिमा मनाइदैछ। बुद्धको जन्मस्थल लुम्बिनीमा २५६७ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवसका रूपमा विशेष उत्सवका रुपमा मनाइँदै छ। लुम्बिनी विकास कोषले बुद्धजन्मस्थल लुम्बिनीसहित बृहत लुम्बिनी क्षेत्रमा विविध कार्यक्रम गरी तीन दिनदेखि मनाउन थालेको हो।

शुक्रबारको औपचारिक कार्यक्रम जारी छ। शुक्रबार बिहान मायादेवी मन्दिरमा पूर्णिमा पूजा गरिएको छ। शाक्यमुनि बुद्ध ई.पूू.६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैचामा माता मायादेवीको कोखबाट बैशाख शुक्लपूर्णिमाका दिन बुद्धको जन्म भएको थियो। , वोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाको दिन भएकाले यो अत्यन्तै महत्वपूर्ण दिनका रुपमा लिइने लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तैयले बताए।

भगवान बुद्धको सन्देश शान्ति, अहिंसा र करुणाको सन्देश विश्वले आत्मसाथ गरेको बताए। कोषले कोरोना महामारीपछि उत्सवमय रुपमा मनाउन बुद्धजयन्ती मनाउन नपाएकाले यस वर्ष उत्सवमय बनाइएको उनले बताए।
कोषले शुक्रबार (आज) बुद्धजयन्ती तथा लुम्बिनी दिवस २०८० मुल समारोहको आयोजना गरेको हो। औपचारिक समारोह अघि ५ नम्बर गेटदेखि मायादेवी मन्दिर हुँदै विभिन्न झाँकीसहित सम्मेलन केन्द्रसम्म शान्ति र्याली निकालिएको छ। समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २५६७औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बुद्धले गरेको त्याग, लिनुभएको विचार र अभ्यास नेपालीका लागि विशेष ऐतिहासिक गौरवका विषय भएको उल्लेख गरेका छन्।

‘नेपालको भूमिमा जन्मिनुभएका शान्तिका अग्रदूत बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको संकल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधीज्ञान प्राप्त गर्नुभएको प्रसङ्ग आज पनि उत्तिकै महत्वपूर्ण मानिन्छ, बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले उहाँका विचार विश्वभरि लोकप्रिय र कालजयी रहन सकेका हुन्,’ शुभकामनामा उनले भनेका छन्।

समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवम् संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सांसद सहित कुटनितिक नियोग,लगायत विदेशी पाहुँनाहरूको समेत सहभागिता रहेको थियो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *