Home  
Janahit Voice

सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

२२ बैशाख २०८०, शुक्रबार

संखुवासभामा अरूण जलविद्युत आयोजनाको सामान बोकेर उडेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटना परेको छ। उक्त हेलिकप्टरमा ४ जना मानिस रहेको र दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । क्याप्टेन सुरेन्द्र पौडेल र भविन गुरुङ घाइते भएका हुन् । घाइतेहरुलाई सोलुखुम्बुबाट आएको सिम्रिक एयर र नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ पठाएको जानकारीम आएको छ।

माथिल्लो अरुण हाइड्रो पावरको सामान गोला भन्ने स्थानबाट सिप्रुङमा लैजाँदै गर्दा हेलिकप्टर भोटखोला गाउँपालिका–४ स्थित सिप्रुङमा दुर्घटना भएको छ ।जानकारीमा आएअनुसार हेलिकप्टरमा सवार छिरिङ भोटे सकुसल छन् । पंखा पहाडमा टोक्किएर हेलिकप्टर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *