Home  
Janahit Voice

एमालेको सचिवालय बैठक बस्दै

२२ बैशाख २०८०, शुक्रबार

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। गत मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक पहिलोपटक बस्दै छ। एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले यही वैशाख २६ गते सचिवालय बैठक बोलाइएको जानकारी दिए।

उनका अनुसार ललितपुरस्थित पार्टी मुख्यालयमा बस्ने सचिवालय बैठकले आगामी केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गर्नेछ। एमालेको केन्द्रीय कमिटी बैठक झापामा यही वैशाख २८ देखि ३० गतेसम्म बस्दै छ।

‘एमालेको केन्द्रीय कमिटी बैठक वैशाख २९, ३० र ३१ गते झापामा बस्दै छ, जेठ १ गते दमकमा सभाको तयारी पनि गरेको छ। यसको तयारी र एजेन्डा तय गर्न सचिवालयको बैठक बस्न लागेको हो। एमालेको यो पाँचौं केन्द्रीय कमिटीको बैठक हो। विधानतः छ–छ महिनामा केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्ने भए पनि तीन महिना ढिलोगरी एमालेको बैठक बस्न लागेको हो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *