Home  
Janahit Voice

भ्वाइस किड्सका आठ जना प्रतिस्पर्धी फिनालेमा प्रवेश

२४ बैशाख २०८०, आईतवार

टेलिभिजन रियालिटी शो भ्वाइस किड्सको पछिल्लो सप्ताहन्तका एपिसोडबाट आठ जना प्रतिस्पर्धी फिनालेमा प्रवेश गरेका छन् । शनिबारको एपिसोडमा टिम टिम प्रमोद खरेलबाट स्पन्दन सुब्बा र रिजन डाँगी तथा प्रविशा अधिकारीबाट अग्रिमा रिजाल र अर्नव बन अन्तिम चरणमा प्रवेश गरेका छन।

दर्शकको मतको आधारमा यी प्रतिस्पर्धीले फिनालेको यात्रा तय गर्दा अन्य रुचाइएका प्रतिस्पर्धी भने शोबाटै बाहिरिएका थिए । शुक्रबारको एपिसोडमा टिम मिलन नेवारबाट सृष्टि लामा र निशित बिके तथा टिम सुशान्त केसीबाट निहारिका खड्का र परिश्ना बाँस्तोला फिनालेमा प्रवेश गरेका थिए ।

यहि जेठ ५ गते हुने फिनालेमा भ्वाइस किड्सले विजेता प्राप्त गर्नेछ । यो टेलिभिजन कार्यक्रम प्रत्येक शुक्रबार र शनिबार हिमालय टिभी एचडीबाट राति ८ बजे प्रसारण हुँदै आइरहेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *