Home  
Janahit Voice

विश्वमै पहिलोपटक रोबोटबाट महिलाले जन्माइन् बच्चा

२४ बैशाख २०८०, आईतवार

मानिसका बच्चा रोबोटले जन्माइदिने भएको छ। प्ले स्टेशन ५ को गेमिङ कन्सोलको सहयोगमा । स्पेनमा यस्तो ऐतिहासिक घटना भएको छ । टेष्टट्युब बेबी प्रविधिका लागि रोबोटको सहयोग लिइएको र रोबोटकै सहयोगमा २ वटा बच्चा जन्माएको बताइएको छ।

स्पेनको एक चिकित्सा संस्था ओभरचर लाइफमा एक महिलाको गर्भमा रोबोटको माध्यमबाट शुक्रकिट हालियो र सो रोबोटलाई नियन्त्रण गर्नका लागि प्लेस्टेशन ५ को गेमिंग कन्सोलको प्रयोग गरिएको थियो । त्यसरी रोबोटको सहयोगले पठाइएको शुक्रकिटबाटै ती महिलाले गर्भधारण गरेकी थिन। पहिला आइभिएफ प्रविधिमा विशेषज्ञ डाक्टरको निगरानीमै शुक्रकिट र डिम्ब मिलाएर भ्रूणको विकास गरिन्थ्यो । तर अब यो काम रोबोटले गर्नसक्ने भएको छ ।

आइभिएफ प्रविधि महंगो हुने र त्यसमा सफलतापूवर्क गर्भाधारण भएर सन्तान प्राप्ति हुने पूर्ण ग्यारेन्टी पनि नभएका कारण वैज्ञानिक तथा यस्ता अस्पतालहरु सस्तो प्रविधिको खोजीमा लागिरहेका थिए ।रोबोटबाट गर्भवती गराइएकी महिलाबाट जन्मिएका जुम्ल्याहा बच्चा हाल स्वस्थ रहेको बताइएको छ।

ओभरचर लाइफको प्रयोगशालामा प्रशिक्षार्थी एडुअर्ड अल्बाले प्लेस्टेशन ५ को गेमिंग कन्सोलको सहयोगमा रोबोटमार्फत् ती महिलाको अण्डासयमा रहेको डिम्बमा सुइँबाट शुक्रकिट हालिदिएका थिए ।दुईवटा परिपक्व डिम्बसँग शुक्रकिटको मिलन भई जुम्ल्याहा भ्रुण तयार भयो र त्यसबाट स्वस्थ बच्चाहरु जन्मिएका छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *