Home  
Janahit Voice

टुकुचाको प्राकृतिक अधिकार पुन: स्थापनामा पहिलो चरणको सफलता : बालेन साह

२४ बैशाख २०८०, आईतवार

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले टुकुचाको प्राकृतिक अधिकार पुन: स्थापना गराउन सुरु गरिएको काममा पहिलो चरणको सफलता प्राप्त भएको बताएका छन् । महानगरपालिकाका प्रमुख साहले उच्च अदालत पाटनबाट टुकुचाका विषयमा भएको फैसलाको पूर्ण पाठलाई उद्धृत गर्दै खोला छोप्ने कार्य बर्जित भएको र बर्जित कार्यलाई सक्रियतापूर्वक रोकथाम तथा नियन्त्रण गर्नुपर्छ भन्ने नीतिअनुरूप चालेका कुनै पनि कदम खेर नगएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत मेयर साहले भनेका छन्,केहिदिन अघि सार्वजनिक भएकाे उच्च अदातल पाटनकाे फैसलाकाे पूर्णपाठले टुकुचा खाेलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएकाे छ । टुकुचा ढल हाेइन, टुकुचा खाेला नै हाे भन्ने कुरा पुनः प्रमाणित गरेकाे छ । नदीकाे प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व हुन्छ भन्ने विधिशास्त्रकाे घाेषणा गरेकाे छ । साे फैसलाले टुकुचा खाेला अर्थात् इच्छुमति नदिकाे प्राकृतिक अधिकार पुनःस्थापन तथा संरक्षणको लागि काठमाडौ महानगरपालिका लगायत संघीय सरकारका सम्बद्घ निकायहरूकाे ध्यानाकर्षण समेत गरेकाे छ । कुनै पनि नदी वा खाेलाकाे वहाव क्षेत्र, साेकाे दायाँबायाँ वा साेकाे माथिकाे जग्गा व्यक्ति विशेषकाे नाममा रहन नसक्ने वैधानिक मापदण्ड छ । तसर्थ, अब टुकुचा खाेलाकाे क्षेत्राधिकार भित्रकाे व्यक्ति विशेषकाे नाममा त्रुटीवश कायम हुन गएकाे जग्गाको कानुन बमाेजिम लगत कट्टा गर्ने र त्यस्ताे जग्गा महानगरवासीकाे सर्वाेत्तम हीत हुने गरी सार्वजनिक प्रयाेजनमा ल्याउने सम्बन्धी आवश्यक प्रकृया अगाडि बढाइनेछ । यस फैसलाबाट पनि याे पुष्टि हुन्छ कि, टुकुचा खाेलाकाे प्राकृतिक अधिकार पुनःस्थापन गर्ने सम्बन्धमा काठमाडौं महानगरपालिकालाई पहिलाे चरणकाे सफलता मिलेकाे छ । खाेला छाेप्ने कार्य बर्जित हाे, यस्ताे कार्यलाई सकृयता पूर्वक राेकथाम तथा नियन्त्रण गर्नुपर्छ भन्ने नीति अनुरूप हामीले चालेका कुनै पनि कदम खेर गएका छैनन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *