Home  
Janahit Voice

मौलाकाली केवलकार सञ्चालनले स्थानीय हर्षित

२४ बैशाख २०८०, आईतवार

नवलपरासीको गैंडाकोटमा मौलाकाली केवलकार सञ्चालनमा आएसँगै तेहाका स्थानीय बासीहरु हर्षित छन् ।मौलाकाली केवलकार वैशाख १ गतेदेखि सञ्चालनमा आएको छ। केवलकार सञ्चालनमा आएसँगै मौलाकालीका मन्दिरमा धार्मिक पर्यटकहरु बढेको र यसले पर्यटन क्षेत्रमा मात्रै नभई स्थानीय स्तरमा रोजगारीमा समेत बढेकाले तेहाका स्थानिय बासिन्दाहरु हर्षित  भएका छन् ।

केवलकारको भाडा दरमा केही सहजता प्रदान गर्नु पर्ने उनीहरुको माग रहेको छ। मौलाकाली मन्दिरमा २ घण्टा हिँडेर जानुपर्थियो भने अहिले  ५ मिनेटमा पुगिन्छ। मन्दिरको बेसमा विगत २५ वर्षदेखि सामान्य टहरोमा पूजा सामाग्री व्यापार गर्ने व्यापारीहरुले टहरा व्यवस्थापन गर्दा व्यापार बन्द नहुने गरी वैकल्पिक व्यवस्था गरिनुपर्ने उनीहरुको माग रहेको छ।केवलकार सञ्चालनमा आएसँगै पूजा सामग्रीमा व्यापारमा वृद्धि भएकाले तेहका स्थानीय व्यापारी खुशीभएको बताउँदै मन्दिर व्यवस्थापनले उचित ठाउँ दिए यो क्षेत्रमा व्यापारीक टहराहरु पनि  व्यवस्थित हुने बताउँछन् ।

वैशाख १ गतेदेखि सञ्चालनमा आइसकेको भएतापनि १८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले मौलाकाली केवलकारको उद्घाटन गरेका थिए । केवलकार सञ्चालनमा आएसँगै मन्दिर दर्शन तथा मनोरञ्जनको लागि आउने आन्तरिक तथा वाह्य पर्यटकमा थप वृद्धि हुने अपेक्षा गरिएको छ

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *