रास्वपाको सरकारमा नजाने निर्णय, समर्थन पनि फिर्ता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा नजाने निर्णय गरेको छ । यस्तै हाल प्रचण्ड नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने रास्वपाले निर्णय गरेको छ ।
शुक्रबार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकले पार्टी सरकारमा सहभागी नहुने र विपक्षी बेन्चमा बस्ने निर्णय भएको बताएका छ्न । । रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अब प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने भएको छ । प्रधानमन्त्री प्रचण्डले रास्वपालाई सरकारमा ल्याउन पहल गर्दागर्दै पनि रास्वपाले सरकारमा नरहेर जनतामा जाने निणय गरेको छ। प्रचण्ड नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने रास्वपाले निर्णय गरेको छ ।
रास्वपा सभापति रवि लामिछाने नागरिकता विवादमा मुछिएर सांसद पद गएसँगै रास्वपा सरकारबाट बाहिरिएको थियो । तर, समर्थन भने हालसम्म कायमै रहेको थियो । यस्तै उपनिर्वाचनपछि रास्वपालाई सरकारमा सहभागी गराउने बारे सत्ता गठबन्धनमा छलफल भएको थियो । रास्वपा सभापति रवि लामिछानेले पनि आफ्नो माग पुरा भएमा सरकारमा सहभागी हुन सकिने बताएका थिए । अन्ततः रास्वपाले पार्टीभित्रको तीव्र दबाबपछि सरकारमा नजाने निर्णय गरेको बताइएको छ।