Home  
२४ बैशाख २०८०, आईतवार
विपश्यनामा ध्यान गर्न अमिर खान काठमाडौँमा
विपस्यना ध्यानका लागि बलिउड अभिनेता अमिर खान काठमाडौं आएका छन् । उनी भिस्तारा एयरलाइन्सको विमानबाट आइतबार बिहान १० बजे काठमाडौं आइपुगेका हुन् ।
बुढानीलकण्ठस्थित विपस्यना ध्यान केन्द्रको कार्यक्रमा सहभागी हुन अभिनेता खान नेपाल आएका हुन् । आइतबार उनलाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही व्यवसायीहरुले स्वागत गरेका थिए ।आमिर खान १० दिनसम्म ध्यान केन्द्रमा रहने बताइएको छ। ।
यसअघि पनि उनी सन् २०१४ मा राष्ट्रसंघीय नियोग युनिसेफको दूतको रुपमा काठमाडौं आएका थिए ।