Home  
Janahit Voice

हेलिकप्टबाट मुगु हिमपहिरोमा परेकाहरूको खोजी गरिँदै

२५ बैशाख २०८०, सोमबार

च्याखु लेकमा हिउँ पहिरोमा परी बेपत्ताको खोजीका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान गरेका छन् । हेलिकप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद्उ द्घारकर्मी र बेपत्ता भएकाका आफन्त सहित २० जना रहेका जिल्ला प्रहरी कार्यालयका निमित प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो ।

२२ गते नै इलाका प्रहरीचौकी मुगुबाट घटनास्थलतर्फ प्रहरी हिँडे पनि अझै घटनास्थलसम्म पुग्न नसकेको बताइएको छ ।यार्सागुम्बा संकलन गर्न अनुमति खुला नगरिएपनि अवैध बाटो भएर च्यार्खु लेक पुगेका पातारासी र छायानाथ राराका १५ जनामध्ये तीन जना शुक्रबार हिमपहिरोमा परेका थिए। च्यार्खु लेकबाट फर्केकाहरूले प्रहरीलाई दिएको सूचना अनुसार हिमपहिरोमा पुरिएर पातारासी गाउँपालिका–२ का तल्फीगाउँका ३६ वर्षीय पुत्र सार्कीको मृत्यु भएको छ भने ४० वर्षीय तारासिंह सार्की र ३६ वर्षीय वीरबहादुर बोहरा बेपत्ता छन्।

घटनास्थल चार हजार मिटर माथि रहेको र व्यापक हिउँ जमेका कारण यकिन ठाउँ पत्ता लगाउन कठिन रहेकाले ठाउँ पहिचान गर्न सजिलो होस् भन्नका लागि प्रत्यक्षदर्शीलाई पनि उद्दार टोलीसँगै लैजान लागिएको बताइएको छ। हेलिकप्टरसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको करिब २२ जनाको टोली परिचालन गरिएको बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *