Home  
Janahit Voice

माइतीघरमा कालो पोसाक लगाएर प्रदर्शन

२३ कार्तिक २०७७, आईतवार

काठमाडौंको माइतीघरमा शनिबार बलात्कार र महिला हिंसाविरुद्ध प्रदर्शन गरिएको छ । ‘अझैकतिसहने’ अभियानद्वारा गरिएको प्रदर्शनमा सहभागीहरुले कालो पोशाकका साथै कालै मास्क पहिरिएका थिए । यस्तै आँखामा कालो पट्टी समेत बाँधेका थिए ।
उनीहरुले बलाकारविरुद्धको नारा लेखिएका ब्यानरसहित प्रदर्शन गरेका थिए भने कोरोनाभाइरस संक्रमणको जोखिमका कारण सामाजिक दूरी अपनाइएको थियो ।

यो अभियानले उपत्यकाबाहिरका विभिन्न स्थानमा समेत प्रदर्शन गर्दै आएको छ ।

अभियानले बलात्कारीहरूलाई  कडा भन्दा कडा सजाय दिनुपर्ने माग समेत गर्दै आएको छ । फेसबुक पेजमा आवद्ध भएका अभियन्ताहरूले स्वतःस्फूर्त रूपमा प्रदर्शनको आह्वान गर्दै आएका छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *