Home  
Janahit Voice

सांसद अमरेशकुमार संसदमै बने अर्धनग्न

२५ बैशाख २०८०, सोमबार

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबारको संसद बैठकमै आफूले लगाएका लुगा खोले र अर्धनग्न बनेका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समय माग गरेका थिए । सभामुखले समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन् । सिंह उठेर लुगा खोल्दै नाङगो भएपछि सभामुखले असभ्य व्यवहार नदेखाउन चेतावनी दिएका थिए ।

संसदमा अशिष्ट, अश्लिल, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने संसदीय मर्यादा छ । यो नियमावलीको व्यवस्था उलंघन गरेको भन्दै सभामुख घिमिरेले अन्यथा कारबाही हुने चेतावनी दिए ।

सिंहले संसद बैठकमा असभ्य व्यवहार देखाएपछि अन्य सांसदहरुले समेत विरोध गरेका थिए । सभामुखको चेतावनीपछि सिंहले फुकालेको सर्ट र भेष्ट लगाएका थिए । त्यसपछि संसद बैठकको नियमित कार्य सुरु भएको छ । शून्य समयमा बोल्दै एमाले सांसद अच्युतप्रसाद मैनालीले सांसद सिंहको स्वास्थ्य जाँचको माग गरे । उनले भने, ‘संसदमा जे गतविधि देखा परेको छ । म मननीय सदस्यको स्वाथ्य जाँचको माग गर्दछु ।’

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *