Home  
Janahit Voice

पूर्वसांसद ढाकाकुमारको मुद्दामा अल्पकालीन अन्तरिम आदेश

२५ बैशाख २०८०, सोमबार

राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिकतर्फबाट निर्वाचित पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ।

संसद बैठकमा जान पाउँछन् कि पाउँदैनन् भन्ने कुरा लिखित आदेशमा आउने उनले बताए। आफूलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयविरूद्ध पूर्वसांसद ढाकाकुमार श्रेष्ठले रिट दिएका थिए। श्रेष्ठले आफूलाई सांसदमा पुनर्वहाली गर्न माग गरेका थिए।

दुई करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो सार्वजनिक भएसँगै रास्वपाले श्रेष्ठमाथि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *