Home  
Janahit Voice

सहाना प्रधानको स्वदेश भ्रमण र केही कम्युनिष्टकर्मीहरू

२३ कार्तिक २०७७, आईतवार

सहाना प्रधानको रुचिको विषय भ्रमण पनि थियो । त्यसैले देशका विविध गाउँठाउँको भ्रमण गर्न पनि उनलाई जुरेको थियो । उनी केवल भ्रमण मात्र गर्दिन थिइन्; गएका ठाउँहरूबाट केही सिकेर पनि आउथिन् । भ्रमणको क्रममा उनले नेपालका तत्कालीन चौधै अञ्चलको भ्रमण गरेकी थिइन् । घरबाहिर जाँदा उनी सकेसम्म होटलमा बस्न मन गर्दिन थिइन् । जिल्लातिर जाँदा उनी प्रायः साथी, आफन्त र दलका कार्यकर्ताका घरमा बस्न मन गर्थिन् । उनी जहाँजहाँ जान्थिन् त्यहीँत्यहीँ उनी आत्मीयता दिन्थन् र आत्मीयता पनि लिन्थिन् । यसै परिवेशको उदाहरणका लागि भन्ने हो भने रुपन्देहीका मदनलाल पौड्याल र दुर्गा पौड्यालको घर पनि सहानाले आत्मीय घर जस्तै मानेकी थिइन् । मदनलाल पौड्यालका बुबा यज्ञलाल पौडेल पनि म्यान्मा नै जन्मी, हुर्की, बढेका रहेछन् । अनि उनको सहानाका बुबासँग पनि गाडा सम्बन्ध रहेछ । यज्ञलाल पौड्यालसँग म्यान्माका थप कुरा सुन्न सहाना लालायित हुने गर्थिन् । त्यसैले उनी त्यतातिर जहिले गए पनि त्यही घरमा नै वास बस्ने गर्थिन् । वास्तवमा साहनाका लागि पोड्याल निवास प्रिय हुने अर्को कारण पनि थियो । त्यो केहो भने— मदनलाल पौड्याल नेपाल कम्युनिष्ट पार्टीका समर्पित, निष्ठावान र वफादार कार्यकर्ता थिए । उनी सधैँ त्यसै पार्टीमा अटल रहे । त्यतिमात्र होइन उनी पुष्पलालका धेरै नजिकका बुद्धिजिवी थिए । साथै उनी आफ्ना गुरुझैँ निर्लोभी पनि थिए । नेपालमा कम्युनिष्टहरूले घरिघरि शासन गर्दा पनि उनले कहिले मुख मिठ्याएनन् । भनौँ फल प्राप्तिका लागि उनी केन्द्रीय नेताहरूसँग धाएनन् । उनी भन्थे— ‘सिद्धान्त भनेको पद, पैसा र शक्ति होइन ।’

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *