Home  
Janahit Voice

जनकपुर मधेश आन्दोलनमा भत्काइएको भानुभक्त शालिक पुनर्निर्माणमा विवाद

२६ बैशाख २०८०, मंगलवार

जनकपुरमा मधेश आन्दोलनका क्रममा भत्काइएको आदिकवि भानुभक्त आचार्यको शालिक पुनर्निर्माण सुरू भएपछि विवाद उत्पन्न भएको छ।यही वैशाख १६ गते जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह शालिक पुनर्निर्माणको शिलान्यास गर्न पुगेपछि जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीका नेता–कार्यकर्ताले टायर बालेर विरोध प्रदर्शन गरेका थिए।

२०७२ सालको भूकम्पमा थप क्षति पुगेको शालिकको भग्नावशेष त्यही सालको अर्कोआन्दोलनका क्रममा भत्काइएको थियो। त्यसयता भानुभक्त र रमेश दुवैका बारेमा स्थानीय समाज मौन थियो। शालिक तोडफोड भएको १७ वर्षपछि अचानक भानुभक्तकै शालिक पुनर्निर्माणको योजना बनेपछि विवाद उपन्न भएको हो।

जनकपुरधामका मेयर साहका अनुसार उनी निर्वाचित भएर आएपछि विश्व हिन्दु परिषदका विभिन्न संगठनहरूले भानुभक्तको शालिक पुनर्निर्माणको माग गरे।भानुभक्तको शालिक पुनर्निर्माणका लागि २० लाख रुपैयाँ बजेट छुट्याइएको छ। भानुभक्तले संस्कृत भाषाको रामायण नेपाली भाषामा भावानुवाद गरेर हिन्दुको उपकार गरेकाले शालिक पुनर्निर्माण गर्नुपर्ने ती संगठनहरूको तर्क छ।

विरोध प्रदर्शन हुँदै गर्दा प्रहरी तैनाथ गरेर मेयर साहले जगको इटा राखेका थिए। जसपा र लोसपाले शालिक बन्न नदिने अडान लिएपछि निर्माण कार्य स्थगित छ। शालिक निर्माणस्थलमा मेयर साहविरूद्ध दिनहुँ नाराबाजी हुने गरेको छ। मेयर साहका अनुसार शालिक निर्माणका लागि सर्वदलीय बैठकबाट सहमति खोज्ने प्रयास हुँदैछ। पटकपटक बैठक भए पनि सहमति भने जुट्न सकेको छैन।शालिक निर्माणस्थल भानुचोकको बीच सडकमा खाल्डो खनेर छोडिएको छ।

२०६३ सालको मधेश आन्दोलनका क्रममा आन्दोलनकारीले यहाँ रहेको भानुभक्तको शालिक तोडेर ‘भानुचोक’ को साटो मधेश आन्दोलनका पहिलो शहीद रमेश महतोको नाममा ‘रमेशचोक’ नाम राखेका थिए।
उनीहरूले शालिकको भग्नावशेषमा ‘रमेशचोक’ लेखेका थिए।

मधेश आन्दोलनपछि भानुभक्तको शालिक रहेको ठाउँमा रमेश महतोको शालिक बनाएर औपचारिक रूपमा ‘रमेशचोक’ नाम राख्न माग हुँदै आएको थियो।

शालिकका नाममा भित्रभित्र ठूलो षड्यन्त्र भएको चेतावनी दिँदै मधेश आन्दोलनले यहाँबाट उखेलेर फालिसकेको चिज (भानुभक्तको शालिक) हामी स्वीकार्दैनौं। जबर्जस्ती भयो भने फेरि तोडेर फालिन्छ। यहाँ रमेश महतोकै शालिक बन्नुपर्छ।’मधेश आन्दोलनमा भएको सहादतकै बलमा मधेशीले अधिकार पाएकाले शहीदको सम्मान हुनुपर्ने माग राख्दै आएका छन। ।

मेयर साहका अनुसार शालिक निर्माणका लागि सर्वदलीय बैठकबाट सहमति खोज्ने प्रयास हुँदैछ। पटकपटक बैठक भए पनि सहमति भने जुट्न सकेको छैन। शालिक निर्माणस्थल भानुचोकको बीच सडकमा खाल्डो खनेर छोडिएको छ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *