Home  
Janahit Voice

प्रेम सुवालको प्रश्न : तीन दलका शीर्ष नेताहरुको बैठक फिल्म देखाउनका लागि हो ?

२६ बैशाख २०८०, मंगलवार

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रचण्ड,शेरबहादुर देउवा र केपी शर्मा ओली बीचको छलफल फिल्म देखाउनका लागि हो भन्दै कटाक्ष गरेका छन् । सांसद सुवालले मङ्गलवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर मानव बेचबिखन गरेर अरबौँ ठगी गर्नेहरू सार्वजनिक गर्न माग गरेका छन् ।

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बीचको छलफल फिल्म देखाउनका लागि हो भन्दै कटाक्ष गरेका छन् । मङ्गलवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवालले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर मानव बेचबिखन गरेर अरबौँ ठगी गर्नेहरू सार्वजनिक गर्न माग गरेका छन् ।

सांसद सुवालले भनेनेपालीलाई भुटानी शरणार्थी बनाई मानव बेचबिखन गर्ने र अरबौँ ठगी गर्नेहरू को को हुन ? प्रधानमन्त्रीज्यूले फिल्म देखाउने भन्नुभएको थियो, अहिले दाहालजी, देउवाजी र ओलीजीको मिटिङ भइरहेको त्यो फिल्म देखाउनकै लागि हो कि ?’

खानेपानीको मुहान भक्तपुर र बागेश्वरी बीचको जङ्गल बिगारेर माथि बागेश्वरी मझुवामा खेल मैदान बनाउनेहरूलाई किन कारबाही हुँदैन भन्दै सांसद सुवालले बर्खाको पानी जम्मा हुने गरी खोलामा ड्याम बनाउन बजेट व्यवस्था गर्न पनि आग्रह गरेका छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *