Home  
Janahit Voice

पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ

२७ बैशाख २०८०, बुधबार

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण उनकै निवासबाट पक्राउ परेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा प्रहरीले खाँणलाई पक्राउ गरेको हो ।खाणलाई आज बिहान उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो। हाल उनलाई अपराध अनुसन्धान कार्यालयको हिरासतमा राखिएको छ उनलाई आजै अदालतमा उपस्थित गराइने प्रहरीको तयारी छ ।

भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका अभियुक्तले पूर्वगृहमन्त्री तथा कांग्रेस नेता खाणको समेत नाम बयानमा लिएका छन् । सोही आधारमा उनलाई अनुसन्धानको लागि पक्राउ गरिएको हो । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । केसीलाई जडिबुटीबाट पक्राउ गरेको हो ।    नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका अभियुक्तहरूले खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको थियो।प्रहरीले त्यो अडियोमाथि पनि अनुसन्धान गरिरहेको छ।

यस प्रकरणमा मुछिएका एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार रहँदै आएका छन् । उनलाई एकसाता अघि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भएपनि फरार रहँदै आएका हुन् । खाँण पक्राउ परेसँगै यो प्रकरणमा प्रहरीको नियन्त्रणमा आउनेको संख्या ११ पुगेको छ । यसअघि प्रहरीले रामशरण केसी र गोविन्द चौधरी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *