Home  
Janahit Voice

राप्रपाले नाराबाजी गरेपछि १५ मिनेटलाई संसद बैठक स्थगित

२७ बैशाख २०८०, बुधबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले प्रतिनिधि सभाको आजको बैठकमा अवरोध गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफूहरुले संसदमा बोल्न नपाएको भन्दै अवरोध गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

बुधबार बैठक सुरु भए लगत्तै राप्रपाका सांसदहरुले उठेर आकस्मिक समय माग गरेका थिए ।देशमा बढिरहेको भष्टाचारका बिषयमा बोल्न राप्रपाका सांसद राजेन्द्र लिङदेन लगायतले बोल्न समय माग गरेका थिए । राप्रपा सांसदहरूलाई सभामुख देवराज घिमिरेले आकस्मिक समय आज नरहेको बताएका थिए।

सभामुख देवराज घिमिरेले प्रिबजेट छलफललाई समयमै सक्नुपर्ने भएकाले आकस्म्कि समय नराखिएको बताउँदै बैठक अघि बढाउन खोजेपछि राप्रपाका सांसदले अगाडि आएर नाराबाजी गरेका थिए ।त्यसपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *