Home  
Janahit Voice

खाण पक्राउपछि रविले दिए सरकारलाई धन्यवाद

२७ बैशाख २०८०, बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाण लाई भुटानी शरणार्थी प्रकरणमा प्रक्राउ परेपछि सरकारलाई धन्यवाद दिएका छन् ।लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री प्रचण्डसहित गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यवाद दिएका हुन् ।

बुधबार बिहान पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेपछि लामिछानेले सरकारलाई धन्यवाद दिएका हुन्। उनले सरकारको निर्णय कार्यान्वयन गर्ने नेपाल प्रहरीलाई समेत धन्यवाद दिदै सामाजिक सञ्जाल फेसबुकमा लेखका छन्,    ‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्रीज्यु, धन्यवाद प्रधानमन्त्री ज्यु’ , ‘यो शिलशिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।’

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *