Home  
Janahit Voice

आगो निभाउने क्रममा घाइते भएका ४ जनाको ज्यान गयो

२७ बैशाख २०८०, बुधबार

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा घाइते भएका ४ जनाको ज्यान गएको छ। उनीहरू चारैजना एकै घरपरिवारका हुन्। तिरतिरे खोला किनारको जंगलमा मंगलबार लागेको आगो गाउँमा पसेर घरमा आगलागी हुँदा आगो निभाउने क्रममा घाइते भएका ५ जनामध्ये ४ जनाको उपचारको क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमाहरुमा ५५ वर्षीय पदम बेल्वासे, ७२ वर्षीय पीताम्बर बेल्वासे, ३६ वर्षीय माधव बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासे रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द रिजालले जानकारी दिए। घाइते भएकी २६ वर्षीया अस्मिता बेल्वासेको पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको छ। जंगलमा लागेको आगो बस्ती पस्ने क्रममा पदम बेल्वासेको घरमा सल्केको थियो। घरमा आगलागी भएपछि निभाउने क्रममा ५ जना आगोले डढेर सख्त घाइते भएपछि अर्घाखाँची अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि पाल्पा लगिएको थियो।

पाल्पामा पनि उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लैजाने क्रममा गएराति १० बजे उनीहरूको मृत्यु भएको बताइएको छ। थप उपचारका लागि काठमाडौंको कीर्तिपुर अस्पतालमा लगिएका माधव र घनश्यामको बुधबार बिहान ७ बजे काठमाडौंमा निधन भएको हो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *