Home  
Janahit Voice

विराटनगरमा राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सम्मानसहित नगर परिक्रमा

२७ बैशाख २०८०, बुधबार

एसिसी प्रिमियर कप जितेर एसिया कपमा स्थान पक्का गरेर ऐतिहासिक सफलता चुमेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विराटनगरमा सम्मानसहित नगर परिक्रमा गराइएको छ।

राष्ट्रिय क्रिकेट टिमलाई सम्मानसहित विराटनगर परिक्रमा गराउन विराटनगर विमानस्थलमा समर्थकको भिड लागेको थियो। विमानस्थलबाट नगर परिक्रमा सुरू गरिएको हो। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति, मोरङ व्यापार संघ तथा उद्योग संगठन मोरङले संयुक्त रूपमा खेलाडीहरूको सम्मान गरेका हुन्।

खेलाडीहरूलाई कंचनाबारी चोकबाट र्रयालीसहित बरगाछी, तीनपैनी चोक, रोडशेष चोक, महेन्द्र चोक हुँदै पुनः बरगाछीसम्म लगिनेछ ।
आज साँझ विराटनगरमा रात्रिभोजसहित खेलाडीको सम्मानमा कार्यक्रम गर्ने बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *