Home  
Janahit Voice

सकियो तीन शीर्ष नेताबीचको छलफल

२७ बैशाख २०८०, बुधबार

प्रधानमन्त्रीसहित प्रमुख तीन शीर्ष दलका नेताहरुबीचको छलफल सकिएको छ। बुधबार दिउँसो सिंहदरबारमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच करिव डेढ घण्टा लामो छलफल भएको हो ।

तीन नेताको छलफलमा कांग्रेस नेता रमेश लेखक तथा उपप्रधान तथा गृहमन्त्री समेत रहेका माओवादी नेता नारायाणकाजी श्रेष्ठ समेत सहभागी बनेका थिए । प्रधानमन्त्री कार्यालयमा नेताहरूबीच झन्डै साढे एक घन्टा कुराकानी भएको थियो।

भेटमा संवैधानिक परिषद्सम्बन्धी विधेयक तथा सङ्क्रमणकालीन न्याय निरूपणसम्बन्धी विधेयकका सम्बन्धमा छलफल भएको बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *