Home  
Janahit Voice

‘जिउँदो सहिद’ मुकेश कायस्थको गोली लागेको १७ वर्षपछि निधन

२८ बैशाख २०८०, बिहीबार

विसं २०६२/६३ को जनआन्दोलनमा घाइते भएका मुकेश कायस्थको निधन भएको छ। उपचारका क्रममा बुधबार राति ८ बजे उनको निधन भएको छ।  १५ वर्षका हुँदा जनआन्दोलनमा कायस्थ घाइतेभएका थिए।
घाइते भएको १७ वर्षपछि उनको निधन भएको हो। केही दिनदेखि स्वास्थ्यमा थप समस्या भएपछि कायस्थलाई बनेपास्थित शिरमेमोरियल अस्पताल भर्ना गरिएको थियो।

मुकेश लामो समयदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत थिए । १७ वर्षदेखि ‘जिउँदो सहिद’का रूपमा रहेका मुकेशको ३२ वर्षको उमेरमा निधन भएको हो ।जनआन्दोलनमा कायस्थ बनेपाकै विद्यासागर स्कुलमा कक्षा ८ मा पढ्दै थिए।आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको थियो । त्यस दिनदखि उनी अचेत थिए।

कायस्थको बायाँ हात  राम्रोसँग चल्दैनथ्यो। गोलीको घाउ निको भए पनि टाउकोमा गहिरो घाउ थियो। सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएपछि ओछ्यानमा थला परेका कायस्थलाई ‘ज्यूँदो सहिद’ भन्ने गरिन्थ्यो। उनी ओछ्यानबाट कहिल्यै उठ्न सकेनन्।परिवार र स्वास्थ्यर्मीको निरन्तरको स्याहार तथा उपचारपछि कायस्थ देब्रे हात चलाउने, आमा भन्ने, हाँस्ने, गिलो खाने कुरा खाने र ह्विलचियरमा अडिन सक्नेसम्म भएका थिए।

सरकारले उनको उपचार खर्च, रु १५ हजार मासिक भत्ता, एक सुसारेको लागि छ हजार दुई सय रुपैयाँ भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो। कायस्थलाई २०७८ सालमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयोजकत्वको लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समितिले जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्याङ्कन गर्दै ‘लोकतन्त्रका योद्धा’ सम्मानसमेत प्रदान गरिएको थियो।

पछिल्लो समय मेडिसिटी अस्पतालका चिकित्सक डा गोपाल रमणले कायस्थको स्वास्थ्य निगरानी गरिरहेका थिए। रमणका अनुसार टाउकोमा जम्ने पानी निस्कने पाइप समय समयमा बन्द हुने हुँदा समस्या भइरहेको थियो। विसं २०६२/६३ को अनआन्दोलनका क्रममा काभे्रपलाञ्चोकका ४० जना घाइते हुनुका साथै चार युवाले ज्यान गुमाएका थिए।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *