Home  
Janahit Voice

प्रभावशाली मेक्सिकन फुटबलर एन्टोनियो कार्बाहलको निधन

२८ बैशाख २०८०, बिहीबार

प्रभावशाली मेक्सिकन फुटबलर एन्टोनियो कार्बाहलको ९३ वर्षको उमेरमा निधन भएकोछ ।उनि ५ वटा विश्वकप खेल्ने पहिलो फुटबलर हुन।

विश्व फुटबल वृत्तमा ‘ला टोटा’ उपनामले चर्चित कार्बाहल आफ्नो समयमा चर्चित गोलरक्षक हुन् । ५ फिट ११ इन्च अग्ला यी गोलरक्षकले ५ वटा विश्वकप खेलेका थिए । उनले सन् १९५० मा ब्राजिलमा सम्पन्न विश्वकपमा पहिलो पटक सहभागिता जनाएका थिए । त्यसपछि उनले सन् १९५४ मा स्विट्जरल्यान्डमा भएको विश्वकपमा पनि मेक्सिकन टोलीको गोल पोष्ट सम्हालेका थिए ।यसैगरी उनले सन् १९५८ मा स्विडेन, सन् १९६२ मा चिली र सन् १९६६ मा इङ्ल्यान्डमा भएको विश्वकप फुटबल पनि खेलेका थिए ।

५ वटा विश्वकप खेल्ने उनी पहिलो फुटबलर हुन् । उनले ५ वटा विश्वकप खेल्ने कीर्तिमान पनि ३२ वर्षसम्म आफ्नो नाममा राखेका थिए । त्यसपछि चर्चित जर्मन खेलाडी लोथर म्याथ्युजले कार्बाहलको कीर्तिमानको बराबरी गरेका थिए । सन् १९९८ मा फ्रान्समा लोथर म्याथ्युजले पाँचौँ विश्वकप खेलेका थिए । मेक्सिकन क्लब लियोनबाट उनले ३ सय ६४ खेल खेलेका थिए । उनले उक्त क्लबमा आफ्नो खेल जीवनको १६ वर्ष बिताएका थिए । सोही क्लबको रंगशालामा बिहीबार कार्बाहलप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरिने छ ।

क्लब लियोनले आफ्ना पूर्वखेलाडी कार्बाहलप्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि रंगशालामा आउन समर्थकहरूसँग आग्रह पनि गरेको छ । ‘डन एन्टोनियो, महापुरुषहरू कहिल्यै मर्दैनन्,’ क्लब लियोनले कार्बाहलप्रति सम्मान व्यक्त गर्दै भनेको छ, ‘हामी सधैँ तिमीले देखाएको बाटोमा हिँड्ने छौँ । तिमीले हाम्रो क्लबबाट खेल्यो त्यो हाम्रा लागि ठुलो सम्मानको विषय हो ।’

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *