Home  
Janahit Voice

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

२८ बैशाख २०८०, बिहीबार

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा  बस्दै छ। पार्टीको विभाग र भ्रातृ संस्थालाई पूर्णता दिने विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ। | बुधबार बेलुकी पनि बैठक बसेको थियो।आजको बैठकमा पूर्वपदाधिकारीलाई पनि बोलाइएको छ।

बैठकमा भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाणबारे छलफल गर्ने बताइएको छ।
बैठकमा खाणलाई निलम्बन गर्नेबारे महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले राखेको प्रस्तावमा छलफल भएपनि निर्णय भने भएको छैन।

अहिले आरोप पुष्टि नभइसकेको र खाणले प्रहरी अनुसन्धानमा सघाइरहेका कारण उनलाई तत्काल निलम्बन गर्न आवश्यक नरहेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले बताएका थिए।

खाणबारे बुधबार नै छलफल भइसकेका कारण आज पार्टीको आन्तरिक संगठन र विभागलाई पूर्णता दिनेबारेमा छलफल केन्द्रित हुने बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *