Home  
Janahit Voice

माइतीघरमा शरणार्थी प्रकरणका दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन

२८ बैशाख २०८०, बिहीबार

नेकपा (एकीकृत समाजवादी)का भातृ सङ्गठनहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीमाथि कडा कारबाहीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । सो पार्टी निकट मोर्चाहरूले बिहीबार राजधानीको माइतीघर मण्डलामा शरणार्थी प्रकरणका दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।

मोर्चाका नेता कार्यकर्ताहरूले दोषीमाथि कारबाहीको माग गरिएका विभिन्न प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका छन्।

तेस्तै नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसिएल)ले भुटानी शरणार्थी प्रकरणमा मुछिएका दोषीलाई कारबाहीका लागि दबाब दिन प्रदर्शन गर्ने भएको छ । शुक्रबार दिउँसो काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने बताएका छन।

विद्यार्थी नेताहरुलेपनि नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले झारा टार्ने र दोषी उम्काउने काम गरे कडा आन्दोलन गर्ने  चेतावनी दिएका छन् । पुराना सरकारले जस्तै लेनदेनमा भ्रष्टाचार काण्डहरु सामसुम पार्ने अवस्था भए सबै एकजुट भएर आन्दोलन गर्ने उनीहरुले बताएका छन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *