Home  
Janahit Voice

रहेनन् संविधानसभा सदस्य पुरुषोत्तम बस्नेत

२९ बैशाख २०८०, शुक्रबार

संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । । नेपाली कांग्रेसको राजनीतिमा लामो समय सक्रिय बनेका बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको हो । उनी काठमाडौँको सिफलमा बस्दै आएका थिए । लामो समयदेखि बिरामी रहेका बस्नेतको आज आफ्नै निवास सिफलमा निधन भएको छ।

विसं २००२ मंसिर १ गते सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा जन्मिएका बस्नेतले त्रिभुवन विश्वविद्यालयबाट एमए तथा बीएल गरेका छन् । मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका सङ्घर्षका क्रममा पटक-पटक गरी ९ वर्ष जेल जीवन बिताएका uni विसं २०६२/६३ को दोस्रो जनआन्दोलनपछि पार्टीको आमन्त्रित केन्द्रिय सदस्य रहेका थिए। बस्नेत हाल विपी कोइराला स्मृति ट्रष्टका कोषाध्यक्ष पनि थिए।

उनको पार्थिव शरिर आज दिउँसो श्रद्धाञ्जलिका लागि पशुपति क्षेत्रमा राखिने र त्यसपछि अत्येष्टि गरिने बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *