Home  
Janahit Voice

प्रधानमन्त्री प्रचण्ड र रास्वपाका सभापति लामिछाने बीच बालुवाटारमा भेटवार्ता

२९ बैशाख २०८०, शुक्रबार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार बिहान भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्डसँग सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान भएको भेटमा सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानप्रति खुसी व्यक्तगर्दै भ्रष्टाचारविरूद्धको लडाइँमा दह्रोसँग खुट्टा टेक्न आग्रह गरेका छन्।

‘नक्कली शरणार्थी प्रकरणबारे भइरहेको अनुसन्धानप्रति प्रधानमन्त्रीज्यूलाई धन्यवाद दिदै भ्रष्टाचारविरूद्धको अभियान हाम्रो पनि हो, जसले नेतृत्व गरे पनि यो सबै पार्टीको साझा दायित्व हो, सबै दल मिलेर यसलाई निष्कर्षमा पुर्‍याउनुपर्छ। प्रधानमन्त्रीज्यू दह्रोसँग अनुसन्धान गर्नुहोस् भनेर दलको तर्फबाट पूर्ण साथ, सहयोग र समर्थन रहन्छ भनेर विश्वास दिलाएँका छन।

रास्वपाले हालैमात्रै सरकारलाई समर्थन फिर्ता लिएको थियो । पार्टीले रचनात्मक प्रतिपक्षमा बसेर भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने बताउँदै आएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *