Home  
Janahit Voice

काठमाडौँ महानगरले विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई गर्‍यो कारबाही

२९ बैशाख २०८०, शुक्रबार

काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको छ ।

शुक्रवार काठमाडौँ म्हानगरपालिकाका विभिन्न क्षेत्रमा क्याम्पसका विज्ञापनजन्य सामग्रीहरू बाँड्दै हिँड्ने ६१ जनालाई कारबाही गरेको हो । पटक पटक विज्ञापनजन्य सामग्री क्याम्पस आसपासमा बाँड्दै नहिँड्न सूचना गरे पनि अटेर गरेपछि कारबाही थालेको काठमाडौँ महानगर प्रहरी ले बताएको छ।

‘काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र पर्चा, पोस्टर लगायतका विज्ञापनजन्य सामग्री नबाँड्न नराख्न, पटकपटक अनुरोध र सूचना निकालेका थियौँ । यो सूचनालाई अटेर गरी परीक्षा केन्द्रमा पम्प्लेट बाँड्ने र पर्चा बाँड्ने काम गरेपछि यस्ता पोस्टर बाँड्नेहरुलाई हामीले कार्यालयमा ल्याएर कारबाहीको दायरामा ल्याएका छौँ।’महानगर प्रहरी भने,

पहिलो पटक भएकाले हामीले संस्थाहरुलाई ५ हजारको दरले जरिबाना गरेका छौँ। हामीले ६१ जनालाई लिएर आएका छौँ, उनीहरुलाई संस्थाबाइज ५ हजारका दरले जरिबाना गर्नेछौँ ।अटेर गरिरहने हो भने जरिबानाको दायरा बढ्छ।’

महानगर प्रहरीका अनुसार महानगरपालिकाले पहिलो पटक कारबाही गर्न लागिएको संलग्न संस्थाहरूलाई ५ हजार रुपैयाँ जरिबाना गरिएको बताएका छन ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *