Home  
Janahit Voice

टोपबहादुरको पत्र बुझाउने मान्छे खोज्न सीआइबीले लग्यो सीसीटिभी फुटेज

२९ बैशाख २०८०, शुक्रबार

टोपबहादुरको पत्र बुझाउने मान्छे खोज्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले संसद् सचिवालयबाट सीसीटिभी फुटेज लगेको छ ।

संसद् सचिवालयसँगको समन्वयमा सिआइबीले वैशाख २५ गतेको सिसिटिभी फुटेज शुक्रबार लिएर गएको हो ।सिआइबीले सांसद रायमाझी खोज्न सहयोगका लागि संसद् सचिवालयलाई पत्र लेख्दै सहयोग मागेको थियो । शुक्रबार संसद् सचिवालयबाट सीआईबीले सीसीटिभी फुटेज लगेको संघीय संसद् सचिवालय बताइएको छ। वैशाख २५ गते रायमाझीका सहयोगीले सभामुख देवराज घिमिरेको कार्यकक्षमा गएर उनी बिरामी भएको पत्र बुझाएर सिंहदरबारबाट निस्किएका थिए । ती व्यक्ति को थिए भन्ने पहिचानका लागि सिआइवीले सिसिटिभी फुटेज लिएर गएको हो ।

संवैधानिक व्यवस्था अनुसार बिना जानकारी १० वटा प्रतिनिधि सभाको बैठकमा अनुपस्थित भएमा सांसद पद जाने व्यवस्था रहेको छ । फरार भएका कारण संसद् बैठकमा उपस्थित हुन नसक्ने भएपछि सांसद पद जोगाउन रायमाझीले सहयोगी मार्फत आफू बिरामी भएकाले संसदमा उपस्थित नसकेको पत्र पठाएका थिए ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर गरिएको संगठित ठगी प्रकरणमा जोडिएपछि एमाले नेता तथा सांसद रायमाझी फरार रहेका छन् । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ गर्न सफल भएपनि सांसद रायमाझीलाई पक्राउ गर्न भने प्रहरीले सकेको छैन ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *