Home  
Janahit Voice

पाँच वर्षमुनिका नियमित खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाइँदै

३१ बैशाख २०८०, आईतवार

वैशाख ३१ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई  एकैसाथ खोप लगाउँदै छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बृहत् खोप अभियान अन्तर्गत आज देशैभरी पाँच वर्षभन्दा मुनिका नियमित खोप लगाउन छुटेका बालबालिकालाई  खोप लगाउन लागिएको हो।

जन्मेदेखि १५ महिनाभित्र बिसीजी, टाटा पोलियो,पिभिसी,डिपिटी, हेपटाइटिस बी, पोलियो, एफआईपिभी, दादुरा,रूबेला, जापानिज इन्सेफ्लाइटिस् लगायतका खोप लगाउनुपर्छ।

यी खोप लगाउन छुटेका बालबालिकाहरूलाई नजिकैको स्वास्थ्य संस्थामा लगेर निःशुल्क खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र २० प्रतिशत बालबालिकाले सबै खोप नलगाएको र चार प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन् । केही जिल्लामा खोप छुट बच्चाको सङ्ख्या बढ्दै गई दादुरा रुवेलाको महामारीसमेत देखापरेकाले मन्त्रालयले बालबालिका छुटेको खोप दिन थालेको हो ।

‘पूर्ण खोप लिएर सबै सुरक्षित नहुँदासम्म कोहीपनि सुरक्षित हुँदैनन् त्यसैले सबै बालबालिकालार्य पूर्णखोप लगाइदिऔं,’ स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *