पश्चिमी वायुको प्रभावले हल्का वर्षा
पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले काठमाडौँ सहित देशका केही स्थानमा हल्का वर्षा भएको छ। तर आजभन्दा भोलि बढी वर्षा हुने मौसमविद्ले बताएका छ्न। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोसी प्रदेश, बागमती र गण्डकी प्रदेशमा बदली रहेको छ।
‘स्थानीय वायु र पश्चिमी वायु पनि हिजो अस्तीको भन्दा सक्रिय भएकाले दिउँसोमा काठमाडौं उपत्यकासहित देशभरको पहाडी भागका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना छ ।’
राति भने देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी तथा गण्डकी प्रदेशको थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको छ।
बंगालको खाडीमा विकसित भइरहेको “मोखा” नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ। उक्त चक्रवात उत्तर-उत्तर-पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको हुनाले नेपालमा यसको उल्लेखनीय प्रभाव नरहने महाशाखाले जनाएको छ ।