Home  
Janahit Voice

एमडीएमएस सिस्टम आजदेखि लागू

१ जेष्ठ २०८०, सोमबार

आजबाट नेपाल दूरसञ्चार प्राधिकरणले अवैध मोबाइलको आयात रोक्नका लागि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ । प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै आजबाट यो प्रणाली लागू हुने जानकारी दिएको थियो ।

यो सिस्टम  लागू भएसँगै विदेशबाट मोबाइल लिएर आउने व्यक्तिहरूले विभिन्न कुराहरूमा ध्यान दिनुपर्नेछ ।

– व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल आफैले पनि दर्ता गर्न सकिनेछ ।
– व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमएडीएमएस प्रणालीमा स्वतः दर्ता हुनेछन् ।
– व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू आफैले राहदानी वा नागरिकता प्रयोग गरेर दर्ता गर्न सकिनेछ ।
– विदेशबाट आएका व्यक्तिले डिपार्चर स्ट्याम्प र अराइभल स्ट्याम्प देखिने राहदानीको पृष्ठ वा बोर्डिङ पास राखेर आफूले ल्याएको मोबाइल दर्ता गर्न सक्नेछन् ।

– नेपालभित्र मोबाइल खरिद गर्नेले आफ्नो मोबाइल सेट एमडीएमएस प्रणाली मा दर्ता भए/नभएको जाँच गर्न सक्नेछन् ।
– मोबाइल आयातकर्ता/विक्रेताहरूले मोबाइल आयात गर्नु अघि अनिवार्य रूपमा प्राधिकरणको पूर्व स्वीकृति लिई प्रधिकरणमा दर्ता भएका मोबाइलमात्र बिक्री वितरण गर्न पाउनेछन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *