Home  
Janahit Voice

तीन दलका नेताको बैठक प्रति रास्वपाको आशंका

१ जेष्ठ २०८०, सोमबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन दलका शीर्ष नेताको बैठकका सम्बन्धमा गम्भीर आशंका व्यक्त गरेको छ । तीन दलको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणलाई सामसुम पार्ने प्रयास भइरहेको हुनसक्ने सो पार्टीको आशंका रहेको छ।

आइतबार साँझ बसेको पार्टीको संसदीय दलको बैठकमा तीन दलका शीर्ष नेताहरूको बैठक बसेर नक्कली शरणार्थी प्रकरण मिलेमतोमा सल्टाउने प्रयास गर्नु नहुने निष्कर्ष निकालेको थियो ।बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक सन्तोष परियारले भ्रष्टाचारको घटना मिलाउनका लागि तीन दलको बैठक बस्नु नहुने बताउदै आफ्नो पार्टी राजनीतिक लेनदेनमा नबस्ने र संसद् प्रभावकारी बनाउनुपर्ने बताएकाछन ।

उनले भने बाहिर आएको कुरा अनुसार तीन दलका नेता कुनै न कुनै हिसाबले भुटानी शरणार्थी प्रकरणमा जोडिएका छन्, घटना मिलाउनका लागि तीन दल बस्नु भएन, हामी उहाँहरूसँग चारौँ दल भएर राजनीतिक लेनदेन गर्नेछैनौँ भ्रष्टाचारका मुद्दालाई मिलेमतोमा कमजोर बनाउन पाइँदैन । आवाज उठाउने सबैभन्दा मुख्य ठाउँ संसद् नै हो, यदी त्यहाँ बन्द गरियो भने हामी सडकमा गएर भए पनि आवाज उठाउनेछौँ । राजनीतिक पार्टीहरू अब फेरि बचाउन लाग्नेतिर जानुहुन्छ भन्ने लाग्दैन ।’

लोकतन्त्रलाई बलियो बनाउने र प्रभावकारी बनाउने हो भने सबै राजनीतिक पार्टीहरूलाई हैसियत अनुसारको समितिको नेतृत्व दिनुपर्ने धारणा राखेका छन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *