Home  
Janahit Voice

राप्रपा केन्द्रीय समिति बैठक आज पनि बस्दै

२ जेष्ठ २०८०, मंगलवार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।केन्द्रीय समिति बैठक बिहान साढे ८ बजेदेखि धुम्बाराहीमा जारी रहेको बताइएको छ। सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनको ‘यथास्थितिवादी राजनीतिक कित्ताको एक मात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदन लगायतमा आजबाट छलफल सुरु हुनेछ ।

अहिले बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन माथिसदस्यहरूले धारणा राख्ने क्रम चलिरहेको बताइएको छ। अध्यक्ष लिङदेनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार विदेशी इशारामा चल्न थाले पछि सरकार छाड्नु परेको जनाएका छन् । उनले पेस गरेको प्रतिवेदनमा हाल भइरहेको नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा पनि विदेशी संलग्न रहेको आरोप लगाएका छन् ।  बैठकमा अरू कार्ययोजना पनि प्रस्तुत हुनेछन्,’  बैठक बुधबारसम्म चल्ने  ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *