Home  
२ जेष्ठ २०८०, मंगलवार
सकियो टोपबहादुर रायमाझीको बयान
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको बयान सकिएको छ। सोमबार म्याद थप गरेपछि प्रहरीले जिल्ला सरकारी वकिलको रोहबरमा रायमाझीसँग बयान लिएको थियो । रायमाझीको बयान पुरा भएको बताइएको छ।
रायमाझीको बयान दिउँसो ४ बजेदेखि सुरू भएर राति साढे ९ बजेसम्म बयान भएको थियो। हिरासतमा रहेका पूर्वमन्त्री बालकृष्ण खाण बाहेक अरू सबै आरोपीको बयान सकिएको छ ।’