Home  
Janahit Voice

भक्तपुरको फर्निचर कारखाना आगलागीमा दुई करोड २९ लाखको क्षति

२ जेष्ठ २०८०, मंगलवार

आइतवार साँझ भक्तपुरमा भएको आगलागीमा दुई करोड २९ लाख बराबरको क्षति भएको पाइएको प्रहरीले जनाएको छ ।
सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित ३७ वर्षीय बिजेन चौगुठीले सञ्चालन गरेको न्यू दाजुभाइ फर्निचर ट्रेडर्स, फर्निचर सञ्चालक बिजेनको साढे तीनतले घर र सँगै रहेको पुष्प शिल्पकारको कृपालु फर्निचर कारखानामा आगलागी भएको थियो ।

प्रहरी परिसर भक्तपुरका अनुसार दुई फर्निचर र एक घरमा भएको आगलागीको सोमबार दिनभर लगाएर घटनाको मुचुल्का गरी क्षति विवरण सङ्कलन गर्दै क्षतिको मूल्याङ्कन गरी साँझ क्षति विवरण सार्वजनिक गरेको बताइएको छ ।

साँझ सवा ७ बजे अचानक लागेको आगो फैलिँदै घर र सँगैको कृपालु फर्निचरमा समेत आगलागी हुँदा मानवीय क्षति नभए पनि तयारी फर्निचर, कच्चापदार्थ, मेसिन, केमिकल, कार, घर, नगद तथा जिन्सी लगायतका सामान जलेर नष्ट हुँदा दुई करोड २९ लाख बराबरको क्षति भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ

प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, दमकल र स्थानीयवासीको सहयोगमा आइतबार राति साढे १० बजे आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *