Home  
Janahit Voice

प्रतिनिधि सभाका १० वटै संसदीय समितिको बैठक बस्दै

२ जेष्ठ २०८०, मंगलवार

प्रतिनिधि सभाको पहिलो बैठक बसेको करिब ६ महिनापछि‘मिनि संसद्’ मानिएको प्रतिनिधि सभाका १० वटै समितिको बैठक मंगलबार (आज) बस्दैछ। सबै बैठक एकै समय पारेर बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ। जनजीविका र सार्वजनिक सरोकारका विषयमा सबै समिति एकै ठाउँमा छन्, साथसाथै छन् भन्ने सन्देश प्रवाह गर्न बैठक एकै समयमा राखिएको बताइएको छ।

प्रमुख तीन दलबीच नेतृत्व बाँडफाँटमा प्रारम्भिक समझदारी जुटेपछि ती समिति क्रियाशील हुन लागेका हुन्।प्रतिनिधिसभा मातहत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समिति छन् ।

समितिका सभापति चयन नभइसकेकाले बैठकको अध्यक्षता हाल समितिका ज्येष्ठ सदस्यले गर्ने परम्परा छ। समितिको पहिलो बैठकमा ज्येष्ठ सदस्यले सदस्यहरूलाई स्वागत गर्ने, परिचय कार्यक्रम हुने र कार्यक्षेत्रबारे जानकारी गराइने कार्यसूची तय गरिएको छ।

प्रतिनिधि सभामा ठूलो संख्या हुने र सबै काम गहिरोसँग अध्ययन तथा अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउन चुनौती हुने भएकाले प्रभावकारी कार्यसम्पादन गर्न विश्वभर नै संसदीय समिति प्रणाली अभ्यासमा छन् । अधिकांश संसदीय समिति करिब २५ सदस्यीय छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *