Home  
Janahit Voice

आइतबार रातिदेखि सुरु भएको हावाहुरीले प्रसारणलाइनमा क्षति

२ जेष्ठ २०८०, मंगलवार

आइतबार रातिदेखि सुरु भएको हावाहुरीले देशभरका विद्युत् वितरणमा अवरोध सिर्जना गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आइतबार बेलुका र सोमबार बेलुका आएको हावाहुरीका कारण देशभरको वितरण प्रणालीमा अवरोध उत्पन्न भएको हो ।

‘देशभर आएको हावाहुरीसहितको वर्षातले राष्ट्रिय प्रसारण लाइनमा क्षति गरेको थियो,’ प्राधिकरणकाअनुसार ‘हिजो सोमबार दिनभरमा सबै राष्ट्रिय ग्रिडको समस्या समाधान भयो ।’तर, हिजो सोमबार बेलुका पुनः आएको हावाहुरीका कारण देशैभरको वितरण प्रणालीमा समस्या आएको प्राधिकरणले जनाएको छ ।हिजो बेलुकाको हावाहुरीले क्षेत्रीय र साना वितरण लाइनमा समस्या निम्त्याएको बताइएको छ।

हावाहुरीका कारण क्षति पुगेपछि सोमबार राती देशका अधिकांश स्थान बिजुली विहीन बनेका थिए । यद्यपि, देशभरको समस्या समाधानतर्फ उन्मुख भएको प्राधिकरणको भनाई छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *