Home  
Janahit Voice

दुईदिने भ्रमणका लागि अस्ट्रेलियाली सहायक परराष्ट्रमन्त्री वाट्स नेपालमा

२ जेष्ठ २०८०, मंगलवार

अस्ट्रेलियाली सहायक परराष्ट्रमन्त्री टिम वाट्स दुईदिने भ्रमणका लागि मंगलबार काठमाडौं आइपुगेका छन् । भ्रमणका क्रममा अस्ट्रेलिया-नेपालबीचको सम्बन्ध र भविष्यमा हुनसक्ने सहकार्यका अवसरहरूबारे चर्चा हुने बताइएको छ ।

उनले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग शिष्टाचार भेट गर्नेछन् । भेटमा अस्ट्रेलिया  सँगको सहकार्य, ६३ वर्षभन्दा पुरानो दौत्य सम्बन्ध र झाँगिदो जनस्तरको सम्बन्धको चर्चा गर्ने बताइएको छ । अस्ट्रेलियामा नेपाली समुदाय सबैभन्दा चाँडो बढिरहेको आप्रवासी जनसंख्या भएको छ । हाल करिब १ लाख ३० हजार नेपालीहरू अस्ट्रेलियामा बसोबास गरिरहेका छन् ।

काठमाडौं विश्वविद्यालयमा सहायकमन्त्री वाट्सले उक्त विश्वविद्यालयको हाल अस्ट्रेलियाली संस्थाहरूसँग भइरहेको सहकार्य र खानी उत्खनन, हरित हाइड्रोजन इन्धनसम्बन्धी अनुसन्धान र हाल भइरहेका विद्यार्थी आदानप्रदान कार्यक्रमलगायत विषयहरूमा भविष्यमा हुनसक्ने सहकार्यबारे जानकारी लिने बताइएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *