Home  
Janahit Voice

३० औं मदन–आश्रित स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाउँदै

३ जेष्ठ २०८०, बुधबार

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमालेका अध्यक्ष केपी शर्माओली लगायतका नेता कार्यकर्ताले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेका छन।  मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उनको सालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गररेकी हुन् ।

विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटना परी तत्कालीन एमाले महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको निधन भएको थियो ।तेहि सम्झनामा उनले तीनकुने स्थित मदन स्मृति उद्यानमा वृक्षरोपणसमेत गरेकी छिन् । उद्यानमा उनले स्वामीको बिरुवा रोपिन् । पूर्वराष्ट्रपति भण्डारीसँगै एमाले स्थायी कमिटी सदस्य अग्नि खरेलले समेत स्वामीको बिरुवा रोपे ।

यसैगरी पूर्वराष्ट्रपति भण्डारीले महादेवस्थान नजिक रहेको मदन भण्डारी स्मृति सामुदायिक पुस्तकालयको समेत आज अवलोकन गरेकी छिन् । एमाले र नेकपा (एकीकृत समाजवादी)ले आज विभिन्न कार्यक्रम गरी ३०औँ मदन–आश्रित स्मृति दिवस मनाउँदैछन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *