Home  
Janahit Voice

साफ च्याम्पियन: नेपालले समूह चरणमा भारत र कुवेतसँग खेल्ने

३ जेष्ठ २०८०, बुधबार

१४औं संस्करणको साफ च्याम्पियनसिपमा नेपाल कठिन समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ साफको आयोजनामा हुने साफ च्याम्पियनसिपको लागि बुधबार भारतको बंगलोरमा ड्र गरिएको हो । जसमा नेपाल समूह ए मा परेको छ । यस समूहमा घरेलु टोली भारत, कुवेत र पाकिस्तान छन् ।

पछिल्लो पटक माल्दिभ्समा भएको साफको फाइनलमा नेपाल भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो । कुवेतसँग नेपालले पछिल्लो पटक खेल्दै आए पनि जित्न सकेको छैन । यस्तै अर्को समूहमा लेवनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् । यसपटक दक्षिण एसिया बाहिरका दुई टिम लेवनान र कुवेत आमन्त्रित टिमको रुपमा सहभागी हुँदैछ ।साफ सदस्य देशको स्तर बढाउने भन्दै साफले पहिलो पटक दक्षिण एसिया बाहिरका टोलीलाई पनि खेलाउने निर्णय गरेको थियो ।

फिफा निलम्बनमा रहेको श्रीलंका यस पटक साफमा सहभागी हुने छैन । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिप जित्न सकेको छैन ।२०२१ मा माल्दिभ्समा भएको १३औं संस्करणमा फाइनल पुग्नु नै नेपालको अहिलेसम्मको ठूलो उपलब्धि हो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *