Home  
Janahit Voice

सोनियाङ्मा मृत्यु प्रकरण: सिंगापुर प्रहरीले इन्टरपोल शाखामा माग्यो माबोविरूद्धको कागजात

२४ कार्तिक २०७७, सोमबार

आफ्नै संगठनमा कार्यरत् व्यक्तिमाथि अदालतले पक्राउ पूर्जी जारी गरेकोबारे सिंगापुर प्रहरीले नेपाल प्रहरीको इन्टरपोल शाखामा जानकारी मागेको छ।

सिंगापुर प्रहरीमा कार्यरत् धरानका २२ वर्षीय आइतराज माबोविरूद्ध अदालतले पक्राउ पूर्जी जारी गरेकोबारे सिंगापुर प्रहरीले नेपाल प्रहरीको इन्टरपोल शाखामा जानकारी मागेको हो।

भदौ २६ गते जिल्ला अदालत सुनसरीले माबोविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो।

श्रीमती सोनियाङ्मा लिम्बूको आत्महत्या दुरुत्साहन मुद्दामा अदालतले माबोविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो। धरान उपमहानगरपालिका-११ बसोबास रहेका माबोको स्थायी घर झापा अर्जुनधारा नगरपालिका-४ हो। आफ्नो संगठनमा कार्यरत् नेपाली युवालाई अदालतले पक्राउ पूर्जी जारी गरेपछि सिंगापुर प्रहरीले नेपाल प्रहरीको इन्टरपोल शाखालाई सोबारे सोधेको छ,’ सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले भने, ‘मुद्दा चलाउने निकाय इलाका प्रहरी कार्यालय धरानले इन्टरपोल शाखामा सो घटनाबारे जानकारी पठाइसकेको छ।’

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *