Home  
Janahit Voice

गिरोहले पटकपटक नम्बर फेरेर पैसा ओसार्ने गृहकै गाडी नियन्त्रणमा

४ जेष्ठ २०८०, बिहीबार

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले गृह मन्त्रालयकै एउटा गाडी बरामद गरेको छ। प्रहरीले बि-एबी १४०५ नम्बरको सेतो नम्बर प्लेटको मन्त्रालयको गाडी बरामद गरेको हो। अहिले सो गाडीमा इम्बोस्ड नम्बर प्लेट राखिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मानिसहरूसँग पैसा उठाउने र ठगी गर्ने गिरोहले गृह मन्त्रालयको यो गाडी पटकपटक प्रयोग गरेको प्रहरी स्रोतले बतायो।

अमेरिका पठाउने भनेर मानिस ओसारपसार गर्न र उनीहरूबाट असुल गरेको पैसा ओसार्न पनि यो गाडी प्रयोग भएको प्रहरीले बताएको छ। गिरोहले गृहकै गाडी प्रयोग गरेको भन्ने जानकारी प्राप्त गरे पनि नम्बर प्लेट नै फरक परेपछि प्रहरी अलमलमा परेको थियो। अन्तिममा यातायात व्यवस्था विभागबाट सो गाडी पुष्टि गरी प्रहरीले केही दिनअघि बरामद गरेको हो।

अहिले यो गाडी जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ।यही प्रकरणमा पक्राउ परेका गिरोहका सदस्यले भने कुनै समय टोपबहादुर रायमाझीको गाडी चढ्ने गरेको प्रहरी स्रोतले बतायो।अरू गाडी आफूले चढ्न लायक नभएको बताएपछि रायमाझीले उनलाई आफ्नै गाडी चलाउन दिएको समेत प्रहरीले बतायो। उनी अहिले प्रहरी हिरासतमा छन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *