Home  
Janahit Voice

व्यानरमा ‘कोशी’ नलेखेको आरोपमा वाग्ले बर्खास्त,

४ जेष्ठ २०८०, बिहीबार

कोशी प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंसराज वाग्ले बर्खास्त भएका छन् । कोशी प्रदेश सरकारको गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सदस्यसचिव वाग्ले बर्खास्तीमा परेका हुन् । बर्खास्त गर्नु अघि उनलाई दुई दुई पटक स्पष्टीकरण सोधिएको थियो ।

गत वैशाख १४ गतेदेखि १६ गतेसम्म झापामा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको बोर्डले व्यानरमा कोशी प्रदेश नलेखेको भन्दै सामाजिक विकास मन्त्रालयले उनलाई बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेको थियो । उनलाई मन्त्रालयले बर्खास्त गर्ने प्रयोजनकै लागि दुई पटक स्पष्टीकरण सोधेको थियो ।

सामाजिक विकास मन्त्रालयले पहिलो पटक वैशाख १७ गते पनि वाग्लेलाई पत्र लेख्दै ७ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेश गर्न भनेको थियो । वाग्लेले स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नदिएको भन्दै मन्त्रालयले कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्न वैशाख २८ गते पुनः अर्को पत्र पठाएको थियो ।

यता बर्खास्तीमा परेका सदस्यसचिव वाग्लेले आफ्नौ कुनै गल्ती र कमजोरी नभई सरकारले बर्खास्त गरेको भन्दै न्याय खोज्ने प्रतिक्रिया दिएका छन् । ‘राजनीतिक प्रतिशोध राखेर मलाई हटाइएको छ’ उनले भने, ‘हटाउन सोधिएको स्पष्टिकरण र त्यसको कारण हाँस्यास्पद रहेकोले त्यसविरुद्ध अदालत जानेछु ।’

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *