Home  
Janahit Voice

सर्पले डसेको बिरामीलाई प्रार्थना गर्न लगाएको आरोपमा एक महिला पक्राउ

४ जेष्ठ २०८०, बिहीबार

सर्पले डसेको बिरामीलाई समयमै अस्पताल पुर्‍याउनुको साटो प्रार्थना गर्न लगाएको आरोपमा एक महिला पक्राउ परेकी छिन।बर्दियाको बासगढी नगरपालिका – २ बेतहनीकी ६० वर्षीया यमुना भनिने योगेन्द्र कुमारी घर्ती पक्राउ परेकी हुन्। घर्ती सच्चाइ धर्मको ‘धर्म गुरू’ समेत रहेको प्रहरीले जानकारी दिएको छ।

बासगढी – ३ महादेवाकी १६ वर्षीया ओमकुमारी डाँगीलाई बुधबार राति १ बजेतिर सुतिरहेको समयमा करेत सर्पले हातमा डसेको थियो। किशोरीका घर परिवारले ‘धर्म गुरू’ घर्तीलाई सर्पले डसेकोबारे बताएका थिए। जिल्ला प्रहरीका अनुसार ‘धर्म गुरू’ घर्तीले सर्पले डसेको कुरालाई सामान्य भन्दै अस्पताल लैजानु नपर्ने भन्दै प्रार्थना गरे ठिक हुने दाबीसहित प्रार्थना गर्न लगाएकी थिइन्।

सर्पले डसेकी घाइतेलाई प्रार्थना गर्न लगाएको कुरा आसपासका अन्य छिमेकीहरूले थाहा पाएपछि उनीहरूले तत्कालै अस्पताल लैजान सल्लाह दिएका थिए। त्यसपछि मात्रै परिवारले डाँगीलाई भेरी अस्पताल नेपालगंज बाँके पुर्‍याएका थिए।

आज बिहान पौने ९ बजेतिर अस्पताल पुर्‍याउना साथ डाँगीलाई चिकित्सकले मृत घोषणा गरेका थिए। डाँगीको मृत्युपछि ‘धर्म गुरू’ घर्तीलाई प्रहरीले नियन्त्रणमा लिइ थुनामा राखेर घटना अनुसन्धान गर्न जिल्ला अदालबाट म्याद थप भइसकेको बताइएको छ

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *