Home  
Janahit Voice

नागरिकता विधेयकएक महिनाभित्र टुंगो लगाउँछौं: प्रधानमन्त्री

४ जेष्ठ २०८०, बिहीबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकतासम्बन्धी समस्या एक महिनाभित्र समाधान गरिसकिने बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा जसपा सांसद दीपक कार्कीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले नागरिकता सम्बन्धी नयाँ विधेयक ल्याउने वा राष्ट्रपति कार्यालयमा नै होल्डमा रहेको विधेयक प्रमाणीकरण गर्ने भन्ने विषयमा छलफल भइरहेको बताएका छन् । यद्यपि जे गरे पनि एक महिनाभित्र नागरिकताको विधेयक टुंगो लगाउने उनको प्रतिवद्धता छ ।

‘संसदबाट पारित गरेर राष्ट्रपतिकहाँ पठाइएको नागरिकता विधेयक न पारित गरियो न खारेज गरियो। संविधानअनुसार राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने थियो,’ उनले भने। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गरेकी थिइनन्। उक्त विधेयक फेरि अघि बढाउने कि संसदबाट नयाँ विधेयक पारित गरेर राष्ट्रपतिकहाँ पठाउने भन्नेबारे दलहरूबीच मतभेद छ।

‘राष्ट्रपतिले पनि नागरिकता विधेयकबारे कानून विदहरूसँग राय लिइरहनुभएको छ, उहाँ अध्ययन प्रक्रियामै हुनुहुन्छ,’ उनले भने।सदनबाट संकल्प प्रस्ताव ल्याएर नागरिकता विधेयक पारित गर्न राष्ट्रपतिलाई आग्रह गर्न सकिने विकल्पसमेत प्रधानमन्त्रीले सुनाए।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *